हाम्रो बिश्वास माथि ठाडै प्रहार हुदै गर्दा हामीसंग दुइ ओटा मात्रै विकल्प छन जस्तो लाग्छ; कि त हामीले तिनीहरुलाई स्वीकार गर्नुपर्यो, होइन भने बिरोध गर्नुपर्यो होइन र ? त्यसै उद्देश्यका साथ यो ब्लगको सुरुवात गरेको हुँ,जसरि याकुब ४:७ मा लेखिएको छ:- दियाबलसको बिरोध गर र त्यो तिमीहरूबाट भाग्नेछ ।......................जसरि इस्राएलिहरुका माझमा झुटा अगमबक्ताहरु पनि थिए, त्यसरी तिमीहरुका माझमा झुटा शिक्षकहरु खडा हुनेछन । यिनीहरुले गुप्त रुपले विनासकारी झुटा शिक्षाहरु ल्याउनेछन,यहाँसम्म कि तिनीहरुलाई उद्दार गर्नुहुने स्वामीलाई समेत तिनीहरुले इन्कार गर्नेछन र आफैंमाथि चाडैं बिनाश ल्याउनेछन । र धेरै जनाले तिनीहरुको विलासी आचरणको अनुसरण गर्नेछन र तिनीहरुको कारण सत्यको मार्गको बदनामी हुनेछ । २ पत्रुस २:१,२
बाइबलीय सत्य शिक्षा के हो ? 


के मुक्तिदाता कोरियाबाट आउनुहुन्छ र ? त्यो पनि चस्मा लगाएर अनि मुक्तिदाता येशू ख्रीष्ट जसले रोगीहरूलाई र निको पार्नुभयो, आँखा नभएकाहरूलाई आँखाको ज्योति दिनुभयो तर सबैलाई थाहा होस् कि आङ्ग साङ्ग ह्वाङ्ग स्वयम्को आँखा कमजोर भई, चश्मा लगाउनु परेको थियो । याद होस् उनको तालु पनि खुलिएको थियो । उनको मृत्यु उच्च रक्तचापको कारणले भएको थियो । अरूलाई मुक्ति दिन सक्नेले आफ्नो शारिरीक रोगहरूबाट मुक्ति पाउन सकेनन् । बाइबल धर्मशास्त्रले यसरी भन्छ अब्राहाम , इशाहक, याकूब वा इस्राएलको १२ कुल मध्ये यहुदाको कुलबाट येशू ख्रीष्ट आउनुहुन्छ । मुक्तिदाता यहुदीबाटै आउनुपर्छ, जुन कुरा यशैया अगमवक्ताले येशू जन्मनु भन्दा करिब सात सय वर्ष अगाडि नै भविष्यवाणी गरेका थिए । हेर कन्या गर्भवती हुनेछ र त्यसले एउटा छोरो जन्माउनेछ र उनको नाउँ इम्मानुएल राखिनेछ । यशैया ६:१४, मीका ५:२, गलाती ४:४ येशू समयको पूर्णतामा यस संसारमा आउनुभयो । तर आङ्ग साङ्ग ह्वाङ्गको जन्मको विषयमा कहाँ र कसले भविष्यवाणी गरेको छ ? के आङ्ग साङ्ग ह्वाङ्ग यहुदी हुन् ? के आङ्ग साङ्ग ह्वाङ्गका पिता पूर्खा यहुदी हुन् ?
 कोरियामा इस्राएल जाति अथवा यहुदी जाति छैनन् । अनि आङ्ग साङ्ग ह्वाङ्ग यहुदाको कुलवाट पनि आएको होइनन् । यी सबै कुराहरूका आधारमा उनका शिक्षाहरू र जीवनका चालहरू ऋति नै भ्रमात्मक र विवादास्पद छन् । त्यसै कारणले गर्दा उनीहरू भन्दै आएको सियोन चर्च , परमेश्वरको मण्डली, World Mission Society, Church of God ख्रीष्ट विरोधि झुटो शिक्षा हो र आड. साड. हवाड. झुटो ख्रीष्ट हो । * मुक्ति कसरी पाउने त ? निस्तार चाड मानेर ???? एफिसी २:८,९ पद अनुसार हामीले मुक्ति परमेश्वरको अनुग्रहबाट र हाम्रो विश्वासद्वारा पाउछौं र यो परमेश्वरको वरदान हो । तर हाम्रो कर्मद्वारा होइन । प्रेरित १६:३१, ४:१२ हामीले विश्वासद्वारा नै मुक्ति पाँउदछौं । आज्ञापालन चाडपर्व, विश्राम दिन मानेर, धर्मकर्म गरेर वा निस्तार चाडले अथवा विभिन्न विधि विधानले होइन । निस्तार चाड त केवल यहुदीहरूले मान्ने चाड हो । यूहन्ना ६:४ निस्तार चाड मान्नु आवश्यक छैन । गलाती ४:१०,११, कलस्सी २:१४,१६ सबै प्रकारको रितिथितिहरू येशूले रद्द गर्नु भएको छ । र नयाँ करारमा कतै पनि निस्तार चाड विश्राम दिनद्वारा मुक्ति र पाप क्षमा पाउने कुरा लेखेको छैन । यदि चाडपर्व मानेर उद्वार पाउने भए येशू ख्रीष्ट हाम्रो पापको निम्ति किन क्रुसमा मर्नुपथ्यो ? हिब्रू ९:१२, अनन्त जीवन प्राप्त गर्ने कुरा र पाप क्षमा पाउने कुरा विश्वासद्वारा मात्रै पाउन सकिन्छ । साथै हामीहरूले डिसेम्बर २५ लाई बडा दिन ख्रीष्टमसको रूपमा मानि आएका छौं । जुन कुरालाई आधार बनाई बाइबल कतै पनि ख्रीष्टमस मान्नुपर्छ भनी लेखिएको छैन , त्यसैले ख्रीष्टमस मान्नु मूर्तिपुजा हो भन्छन् तर उनीहरू छाङ्ग गिल जा र आङ्ग साङ्ग हवाङ्गको जन्मदिनलाई भव्यताका साथ मान्दछन् र पूजा गर्दछन् । जुनकुरा अत्यन्तै विरोधाभास छ । (यूहन्ना ४:१४,४:३६,५:२४,५:४,६:२६,६:४०,६:४७, प्रेरित १६:३१,मर्कूस १६:१६, रोमी १०:९,१०, गलाती २:४) निम्न पद अनुसार विश्वासद्वारा मुक्ति पाइन्छ । त्यसैकारणले गर्दा मुक्ति पाउनको निम्ति निस्तार चाड आवश्यक छैन र यस्तै कुराले गर्दा यो झुटो शिक्षा हो र आङ्ग साङ्ग हवाङ्गका अनुयायीहरूले निस्तार चाड नमान्नेहरू झुटा विश्वासीहरू ह्ुन् भनी सिकाउछन् साथ साथै निस्तार चाड नमानी मुक्ति पाउन सकिदैंन पनि भन्दछन । जुन कुरा बाइबल विरूद्वको कुरा हो । त्यसै कारणले गर्दा उनीहरूले भन्दै आएको सियोन चर्च परमेश्वरको मण्डली, World Mission Society, Church of God ख्रीष्ट विरोधि झुटो शिक्षा हो । आङ्ग साङ्ग हवाङ्ग झुटो ख्रीष्ट हो । *विवाह र मृत्युबारे : किनकी मृतकहरूको पुनरूत्थानमा मानिसहरूले विवाह गदैनन् न विवाह गरिदिन्छन् तर तिनीहरू स्र्वगका स्र्वगदूत जस्ता हुन्छन् । मत्ती २२:३० यदि आङ्ग साङ्ग हवाङ्ग फेरी आउनुभएको येशू ख्रीष्ट भए उहाँले किन विवाह गर्नुभयो पुनरूत्थान भएकाहरूलाई विवाहको आवश्यकता पदैनन् । जुन कुरा येशू आफैले नै संसारमा रहन्दा भन्नुभयो । तर आङ्ग साङ्ग हवाङ्गले त विवाह पनि गर्यो , जुन कुरा बाइबलसँग पटक्कै मिल्दैन । उसको शरीर चाहिँ पुनरूत्थान भएपछि शरीर जस्तो हुनुपर्ने थियो तर उसले आफ्नो पहिलो श्रीमती हवाङ्ग वन सुन सँग विवाह गर्यो, र विवाह विच्छेद पनि गर्यो , साथ साथै श्रीमान् किम जे हुन र श्रीमती छाङ्ग गिलको पनि विवाह विच्छेद गराई दियो र पछि आफ्नै श्रीमती बनायो । जुन कुराको विरूद्वमा येशूले यसरी भन्नुभएको थियो यसकारण परमेश्वरले जसलाई एक साथ जोड्न भएको छ । त्यसलाई कुनै मानिसले नछुट्याओस् ।.मत्ती १९: ६, जुन कुरा येशू आफैले मनाही गर्नुभयो त्यसको विरूद्वमा आङ्ग साङ्ग हवाङ्ग र उसका धेरैजसो चेलाहरूले पनि विवाह विच्छेद गरेको प्रशस्त मात्रामा पाउन सक्छौं । यो कुराको गवाही कोरियाकै धेरैजना साथीहरूले दिन्छन् । आफैले परमेश्वर भन्ने तर स्वभाव र आचरण चाहिँ समाजमा पनि नसुहाँउदो गर्ने ? १९१८ जुन १३ मा जन्मेका हवाङ्गको १९८५ फेब्रअरी २५मा कोरियाको बुसान भन्ने ठाउको एउटा रेष्टुरेष्टमा खाना खाँदै गर्दा उक्त रक्तचापको कारण ६९ वर्षको उमेरमा मृत्यु भयो । यदि उ परमेश्वर भएको भए यस्तो किसिमको मृत्यु आउनु असम्भव थियो र अर्को कुरा बौरी उठेको मानिसको पनि फेरी अर्को पटक मृत्यु हुन्छ र ? यदि हुन्छ भने हामी अनन्तको राज्यमा प्रवेश गर्ने आशामा जिउदैछौं के उसो भए हामी पनि बौरी उठेपछि फेरी मछौं त ? बाइबलले स्पष्ट भन्दछ : एकचोटी मानिस उठीसकेपछि फेरी उ कहिल्यै मदैंन । त्यसैकारणले गर्दा उनीहरू भन्दै आएको सियोन चर्च परमेश्वरको मण्डली, World Mission Society, Church of God ख्रीष्ट विरोधि झुटो शिक्षा हो र आङ्ग साङ्ग हवाङ्ग झुटो हो । * येशूको दोस्रो आगमन कसरी हुन्छ ? येशू जसरी जानुभयो त्यसरी संसारमा फेरी आउनुहुनेछ । प्रेरित १:१०,११ प्रधान स्वर्गदुतको आवाज र परमेश्वरको तुरहीको स्वरसँग स्वर्गबाट ओर्लनु हुनेछ र ख्रीष्टमा मरेकाहरू पहिले बौरी उठ्नेछन् । साथसाथैहामी पनि आकाशमा उठाई लगिने छौं १ थेसलोनिकी ४:१६,१७ उहाँ बादलको साथ आउने कुरा बाइबल धर्मशास्त्रमा लेखिएको छ । हरेक आखाँले उहाँलाई देख्नेछन् । प्रकाश १:७ तर आङ्ग साङ्ग हवाङ्ग शरीरमा आमाको कोखबाट संसारमा आएको हो । बादलको साथमा होइन । अनि कसैले पनि उ बादलको साथमा आएको देखेका छौंनन् । कोरियाको मान्छेले पनि उ आएको देखेको छैन । कोरियाकै धेरै जनाले पनि उ बादलको साथमा नआएको गवाही दिन्छन् । अझैहाँसो लाग्दो कुरा त उसको जन्म हुँदा कोही पनि मृतकबाट जीवित भई बौरी उठेनन् । पुरानो करारको मुख्य शिक्षाचाहिँ मुक्तिदाता संसारमा आउनुहुन्छ भन्ने हो जुन कुरा येशू आएपछि पूरा भयो । गलाती ४:४, र यसको साथै नयाँ करारको मुख्य शिक्षा मृतकबाट बौरी उठ्नु भएको येशू तुरहीको आबाजमा बादलको साथमा फेरी यस संंसारमा आउनुहुन्छ भन्ने हो । १थेसलोनिकी ४:१–१७, २:१–१०, प्रकाश १:७, जुन कुराको पर्खाइमा हामी छौं । त हवाङ्गको शिक्षा मान्नेहरूले येशूको दोस्रो आगमन भइसक्यो । त्यो येशू आङ्ग साङ्ग हवाङ्ग नै हुनुहुन्छ भनेर सिकाउछन् । साथै उहाँ फेरी आउनु हुनेछ भनेर सिकाउद छन् । के येशूको फेरि तेस्रो आगमन हुन्छ र ? यो बाइबलसँग मिल्दै नमिल्ने कुरा हो । यसैकारणले गर्दा उनीहरूले भन्दै आएको सियोन चर्च, परमेश्वरको मण्डली World Mission Society, Church of God ख्रीष्ट विरोधी झूटो शिक्षा हो र आङ्ग साङ्ग ह्वाङ्ग झूटो शिक्षा हो । * अन्तिम दिनको बारे येशू कहिले कहाँ र कसरी कुन बेला आउने विषयमा उहाँ आफैलाई नै थाहा नभएको कुरा बताउनु भएको छ । मत्ति २४:२६, प्ररित १:७, यो कुरा पितालाई बाहेक कसैलाई थाहा छैन । तर उनीहरूले विभिन्न समयमा समय नै तोकेर उहाँको आगमन हुन्छ भनी दाबी गर्दछन् । सन् १९८५ फेब्रअरी २५ को दिन आङ्ग साङ्ग ह्वाङ्गको मृत्यु भयो । ३ वर्षपछि उनका चेलाहरूले सन् १९८८ मा संसार ध्वस्त हुन्छ भनेर मानिसहरूलाई त्रसित पारे तर संसारमा केही पनि भएन । त्यसरी नै सन् १९९९ मा पनि घोषणा गरे । साथसाथै हामीलाई जानकारी भए अनुसार यस्ता धेरै मितिहरूमा संसार भरि हल्ला फैलाए । सन् २०१२ मा पनि धेरैलाई त्रसित बनाई, ललाई, फकाई आफ्नो धन सम्पत्ति परमेश्वको मण्डलीमा ल्याउनु पर्दछ भनि भ्रमात्मक शिक्षा सिकाई मानिसहरूलाई लुटे र अहिले सन् २०१३आउँदासम्म पनि संसार ध्वस्त भएन । तर उनीहरूले परमेश्वरको वचनलाई मोडी गलत शिक्षा दिई रहेका छन् । यसैकारणले गर्दा उनीहरूले भन्दै आएको सियोन चर्च, परमेश्वको मण्डली World Mission Society, Church of God ख्रीष्ट विरोधी झुटो शिक्षा हो र आङ्ग साङ्ग ह्वाङ्ग झूटो ख्रीष्ट हो । * को हुन् ति माता (छाङ्ग गिल जा) ? छाङ्ग गिल जा नामक महिला कोरियामा जन्मेकी हुन् । उनको जन्म सन् १९४३ डिसेम्बर १९ मा भएको थियो । उनको श्रीमान किङ्ग जे होन थिए । उनीहरू आङ्ग साङ्ग ह्वाङ्ग स्थापना गरेको World Mission Society, Church of God मा अगुवाको रूपमा सेवा गर्दै आएका थिए । पछि आङ्ग साङ्ग ह्वाङ्गले नै किम जे होन र छाङ्ग गिल जाको सम्बन्ध विच्छेद गराएका थिए । र सम्बन्ध विच्छेदपछि यिनै महिला यरूशलेम माताको रूपमा विश्व माझ चिनिएका थिइन । तर बाइबलीय आधारमा हेर्नै हो भने गलाती ४:२६मा लेखिएको आमा भन्ने कुरा जुन कुरालाई छाङ्ग गिल जा आफू यरूशलेम माता भनि अरूसँग स्वकार गराउन चाहन्छिन । बास्तवमा यो माथिको यरूशलेम भनेको रूपम दृष्टान्तमा गलाती ४:२४ मा बताइएको हामी ख्रीष्टियनहरू हौं । यस खण्डमा व्यवस्थामुनि रहेका सन्तान अर्थात हागारको सन्तान तर व्यवस्थाको अधिनमा होइन कि अनुग्रहको अधिनमा, सुसमाचारको अधिनमा रहेका हामीहरू साराका सन्तान हौं । जो प्रतिज्ञाका वा व्यवस्थाका माथिका भएकाहरू हामी हौं जुन कुरालाई मोडेर छाङ्ग गिल जाले म नै माता हुँ भनि दाबी गर्दछिन् र आफैलाई आङ्ग साङ्ग ह्वाङ्ग दुलही हुँ भनि दाबी गर्दछिन् । उनको छोराछोरीहरू पनि कोरियामा नै छन् । के उसो भए उनको छोराछोरीहरू मात्रै परमेश्वरका सन्तानहरू हुन् ? हामी को हौं त ? उस भए र उनका छोराछोरीहरूले ख्रीष्टलाई मुक्तिदाता भनि विश्वास गरेका छैनन् । उनीहरू अख्रीष्टियनहरू हुन् । माता परमेश्वर भनेर चिनिने छाङ्ग गिल जाको सन्तान नै मूर्तिपूजकहरू हुन् । के जसो भए उनी मात्रै दुलही हुन त ? हामी दुलही होइन ? हामी दुलही होइनौं भने के थुमासँग हाम्रो विवाह हुँदैन ? छाङ्ग गिल जासँग मात्रै हुन्छ ? यो सोच गलत कुरा हो । जुन बाइबल विरूद्व छ । प्रकाशित वाक्य अनुसार मण्डलीलाई दुलहीको रूपमा बताइएको छ । तर यो कुरालाई छाङ्ग गिल जाले म नै दुलही हुँ भनी दाबि गर्छिन –प्रकाश २१:९ मा नेपालमा परिचित भएकी छाङ्ग गिल जा चाहिँ आङ्ग साङ्ग हवाङ्गको तेस्रो श्रीमती हुन् । आङ्ग साङ्ग ह्वाङ्गको अरू २ जना श्रीमतीहरू पनि छन् । उनीहरूले पनि हामी माता हौं भनि दाबी गर्छिन । जस मध्ये आङ्ग साङ्ग ह्वाङ्गको पहिलो श्रीमती ओम सी अनको पनि दल छ । तर त्यती सक्रिय छैन । आङ्ग साङ्ग ह्वाङ्गको ३ श्रीमती मध्ये छाङ्ग गिल जा अति नै सक्रिय देखिन्छिन् । अब हामीले कुनचाहिँ दललाई माता मान्ने हो त ? एनको अनुयायीहरूले छाङ्ग गिल जालाई पवित्र आत्माको रूपमा मान्दछन् । बाइबलमा कतै पनि उत्पत्तिदेखि प्रकाससम्म पवित्र आत्मालाई श्रीमान् श्रीमतीको रूपमा बताएको छैन । त्यसैकारणले गर्दा उनीहरूले भन्र्दै आएको सियोन चर्च, परमेश्वरको मण्डली, World Mission Society, Church of God ख्रीष्ट विरोधी भूmटो शिक्षा हो र आङ्ग साङ्ग ह्वाङ्ग झूटो ख्रीष्ट हो । * प्रकाशको पुस्तक ७ र १४ अध्यायमा बताएको १ लाख ४४ हजार को हुन् ? प्रकाश ७:४ मा बताएको यो १ लाख ४४ हजारको संख्या उनीहरूले उनीहरूकै दल भनि सिकाउदछ र १ लाख ४४ हजारभित्र प्रवेश हुनको लागि विभिन्न भूmटा प्रलोभन र साथसाथै हुँदै नभएका आशा देखाएर ख्रीष्टमा रहेका मानिसहरूलाई वहकायर उनीहरूको अनुयायी बनाउदछन् । र केही समयसम्म आर्थिक साहयता गर्ने र कतिलाई कोरिया पठाइ उनीहरूको अगुवा बनाउदछ ? तर प्रकाश ७:४ मा बताइएको १ लाख ४४ हजारको संख्या यहूदीहरूको थियो । “ तब मैले मोहर लगाएकोहरूको संख्या सुने । तिनीहरू १ लाख ४४ हजार थिए र तिनीहरू इस्राएलका सन्तानको प्रत्येक कुलबाट थिए ।” यो संख्याभित्र आङ्ग साङ्ग ह्वाङ्गको दल समावेश भएको लेखिएको छैन । यो संख्या यहूदीहरूको हो तर आङ्ग साङ्ग ह्वाङ्गको दलले मात्रै मुक्ति पाउँदछ भन्दछन् । तर कोरियामा मात्रै २–३ लाखसम्म भन्दा बढी उनका दलहरू भइसकेका छन् । नेपालको चाहिँ कुन दल हो ? सत्य शिक्षालाई मोडि भ्रमात्मक कुराहरू फैलाउँदै हिडिरहेका छन् । प्रकाश १४:१ मा बताइएको १ लाख ४४ हजारको अर्थचाहिँ पूर्णाताको संख्या भन्ने बुझिन्छ । यो कुनै ह्वाङ्गको दल पनि होइन ?, यहोवाका साक्षी, मुनको दल, फेद होमको पनि होइन । मुनको यो पुर्णताको संख्या मात्रै हो । त्यसैकारणले गर्दा उनीहरूले भन्दै आएको सियोन चर्च, परमेश्वरको मण्डली, World Mission Society, Church of God ख्रीष्ट विरोधी झूटो शिक्षा हो र आङ्ग साङ्ग ह्वाङ्ग झूटो ख्रीष्ट हो ।
 Short information Of Church Of God 
(१)1964 April 28 मा कोरियामा Church Of God स्थापित भयो । 
(२)१९४६ मा उनले बौद्व धर्म त्यागे । 
(३) १९४७ July मा Seventh Day Advantage मा प्रवेश गरे । 
(४) १९४८ मा वप्तिस्मा लिए । 
(५) १९६२ March १७ मा उसलाई Seventh Day Advantage ले झूटो शिक्षक भनी निकालिदियो । 
(६) १९६४ April २८ मा कोरियाको बुसान भन्ने शहरबाट Church Of God हवाङ्गको साक्षी सुरू भयो । 
(७) १९८२ March २२ मा तिनीहरूले आफ्नो संस्था बुसान शहरबाट कोरियाको राजधानी सउल (seoul) मा सारेर आङ्ग साङ्ग हवाङ्गको चिहान छ । उसको चिहानको ठेगाना khayen Buk Yansan City Suke Park चिहानधारी –५ ब्लक ४२ line no 12 । 
उसको पहिलो श्रीमती ह्वाङ्ग सुन हुङ्ग हो । उसको लास त्यही ठाउँमा छ । किनकि येशू ख्रीष्ट मृतक उठीसक्नु भयो तर ह्वाङ्गचाहिँ उठेन ।