हाम्रो बिश्वास माथि ठाडै प्रहार हुदै गर्दा हामीसंग दुइ ओटा मात्रै विकल्प छन जस्तो लाग्छ; कि त हामीले तिनीहरुलाई स्वीकार गर्नुपर्यो, होइन भने बिरोध गर्नुपर्यो होइन र ? त्यसै उद्देश्यका साथ यो ब्लगको सुरुवात गरेको हुँ,जसरि याकुब ४:७ मा लेखिएको छ:- दियाबलसको बिरोध गर र त्यो तिमीहरूबाट भाग्नेछ ।......................जसरि इस्राएलिहरुका माझमा झुटा अगमबक्ताहरु पनि थिए, त्यसरी तिमीहरुका माझमा झुटा शिक्षकहरु खडा हुनेछन । यिनीहरुले गुप्त रुपले विनासकारी झुटा शिक्षाहरु ल्याउनेछन,यहाँसम्म कि तिनीहरुलाई उद्दार गर्नुहुने स्वामीलाई समेत तिनीहरुले इन्कार गर्नेछन र आफैंमाथि चाडैं बिनाश ल्याउनेछन । र धेरै जनाले तिनीहरुको विलासी आचरणको अनुसरण गर्नेछन र तिनीहरुको कारण सत्यको मार्गको बदनामी हुनेछ । २ पत्रुस २:१,२
जहन गिल जाहका विवाहित पति "जए हून किम "  ले लेखेको आत्मकथा

सन् १९६६ मा मेरो बिवाह जहन (जहन गिल जाह ) संग भएको थियो । त्यसपछि हामीहरुका २ जना सन्तान भए । हामीहरुको बिवाहपछिका दिनहरुमा हामीहरु चर्च जान सुरु गर्यौं । एकजना "रोए" (ROE) थर भएका क्रिश्चियन व्यक्तिले हामीलाई पुसानमा रहेको एउटा चर्चमा लगे (New Covenent Passover Church of God); जुन चर्चको सुरुवातकर्ता आङ सान होंग आफैं नै थिए ।
यो चर्चको सदस्य बनेपछि हामीहरु निकै नै सक्रिय हुन थाल्यौं; हामीहरु समर्पित सदस्य हुनुको साथ् साथै मिसिनिरी र प्रचारक भएर पनि काम गर्यौं ।
त्यसपछि म कामको सिलसिलामा देस बाहिर जाने गर्न थालें; त्यसको केहि समय पछि मेरी श्रीमती अर्थात् जहनमा निकै नै परिवर्तन आएको अनुभव गर्न थालें । उनको बानि ब्यबहारमा अनेक फेरबदल आएको थियो। उनले आङ सान होंग र उनको मण्डलीलाई दिन भनेर हामीहरुले बनाएको घर पनि बेचिन (जुन घर मैले बिदेसमा धेरै  काम गरेर बनाएको थिएँ) । त्यति मात्रै नभएर हामीसंग भएका अन्य सबै महंगा चिजहरु  पनि दिइन ।
मेरो परिवारको पनि राम्रो संग हेरचाह गर्न छोडेको कुरा पनि मैले थाहा पाएँ । त्यसैकारणले एउटा श्रीमानको हिसावले मैले यो भन्न लागें कि जहन, तिमिले चर्चमा काम गरे तापनि हाम्रो छोराछोरी तथा परिवारको हेरचाह गर्नु पनि तिम्रो नै दायित्व हो; त्यसकारण तिमि यो दायित्वबाट पन्छिने काम नगर । तर उनले मेरो कुरा सुन्दै सुन्न चाहिनन उल्टो उनले म संग छोडपत्र मागिन । यसरि छोडपत्र माग्नु अघि राम्ररि सोच भनेर मैले उनलाई पटकपटक अनुरोध गरें । तर उनि आफ्नो अडानबाट पछाडी फर्किने काम गरिनन् ।
त्यसपछि मैले बाध्य भएर उनलाई छोडपत्र दिएँ । मैले मेरी श्रीमती, बच्चाहरु, घर, अनि धेरै सम्पति यो आङ सान होंगको  कारणले गुमाएँ । त्यसपछि मलाइ कलेजोको रोगले च्याप्न थाल्यो । मैले सोचें कि मैले मेरो स्वास्थ्यको राम्रो ख्याल गर्नु पर्छ; त्यसपछि मैले आफ्नो स्वास्थ्यलाइ बिशेष महत्व दिन थालें । म बिस्तारै पहिलेकै अवस्थामा फर्किन लागें । त्यसपछि म मेरा छोराछोरी लाइ लिन गएँ तर उनीहरु उनको (जहन) पन्जामा थिए । उनीहरु मलाइ देख्न पनि चाहदैनथे । म भेट्न गएको बेलामा उनीहरुले मलाइ यसो भने कि म यहाँ आएँ भने उनीहरुलाई लाज हुन्छ त्यसैले अबदेखि नआउनु ।
हामीहरुको बिवाह भएको केहि बर्ष पछि चर्चमा नै आङ सान होंग ले जहन संग बिवाह गरे । यदि आङ राम्रा मान्छे हुन् भने उनले कसरि जहन लाइ आफ्नी दुलही भन्न सके जब कि उनि त अर्कै संग बिवाह भएर छोडपत्र गरेकी थिइन् र उनको पहिले नै सन्तान भैसकेका थिए । सबै जनालाइ थाहा थियो कि जहन मेरी श्रीमती थिइन् ।
यसरि यो झुटा चर्चले मेरो परिवार नराम्ररी भाड्ने काम गर्यो । यो चर्चले यो पनि प्रचार गर्दैछ कि यो संसार १९८८ मा ध्वस्त हुदैछ । म यो समुहका सबै सदस्यहरुलाई यो भन्न चाहन्छु कि यो समुह  झुटै झुटको जग माथि उभिएको छ । यो भित्रको कुनै पनि कुरामा सत्यता छैन । त्यसकारण अर्काकी श्रीमती बिवाह गर्ने एउटा मान्छेलाइ नै येशू मान्नुभन्दा त्यहाँबाट बाहिर निस्कनुस र साँचो येशूसंग भेट गर्नुस ।
(पुनश्च:- यो लेख जहन गिल जाह को विवाहित श्रीमान "जए हून किम "  ले सन् १९८७ मा लेखेका हुन् ।)