हाम्रो बिश्वास माथि ठाडै प्रहार हुदै गर्दा हामीसंग दुइ ओटा मात्रै विकल्प छन जस्तो लाग्छ; कि त हामीले तिनीहरुलाई स्वीकार गर्नुपर्यो, होइन भने बिरोध गर्नुपर्यो होइन र ? त्यसै उद्देश्यका साथ यो ब्लगको सुरुवात गरेको हुँ,जसरि याकुब ४:७ मा लेखिएको छ:- दियाबलसको बिरोध गर र त्यो तिमीहरूबाट भाग्नेछ ।......................जसरि इस्राएलिहरुका माझमा झुटा अगमबक्ताहरु पनि थिए, त्यसरी तिमीहरुका माझमा झुटा शिक्षकहरु खडा हुनेछन । यिनीहरुले गुप्त रुपले विनासकारी झुटा शिक्षाहरु ल्याउनेछन,यहाँसम्म कि तिनीहरुलाई उद्दार गर्नुहुने स्वामीलाई समेत तिनीहरुले इन्कार गर्नेछन र आफैंमाथि चाडैं बिनाश ल्याउनेछन । र धेरै जनाले तिनीहरुको विलासी आचरणको अनुसरण गर्नेछन र तिनीहरुको कारण सत्यको मार्गको बदनामी हुनेछ । २ पत्रुस २:१,२

झुटो शिक्षाद्द्वारा आएको झुटो ख्रीष्ट आङसानहांग

प्रिय हो ,जुनसुकै आत्मालाई विश्वास नगर,तर आत्माहरु परमेश्वोरबाट आएका हुन् कि होइनन भनेर तिनको जाच गर किनभने धेरै झुटो आगमबक्ताहरु यस संसारमा निस्कीआएका छन्।( १ यहुन्ना ४:१)

मैले एउटा कथा पढेको थिए ,जसमा शिकारी बाबु र उसको छोरा शिकार खेल्न जंगलतिर गए। जब उनीहरु जंगलमा पुगे त्यहा थुप्रै चराहरु बसेको एउटा ठाउँ उनीहरुले भेटाए र बाबु चाहिले चराहरु भएको ठाउमा ताकेर बन्दुक पड्कायो अनि कतिपय चराहरु मरे तर केहि घाइते भए र भुईमा छटपटाउदै उड्ने प्रयास गरिरहेका थिए ।ति शिकारीले आफ्नो छोरालाई पहिले घाइते चराहरु अनि मात्रै मरेका चराहरु बटुल्न भने ।त्यस जवान छोराले आफ्नो बाबुलाई मरेको चराहरु नबटुली नमरेक चराहरु बटुल्न लगाएकोमा मुर्ख ठाने र उनले आफ्नो बाबुलाई सोधे ,''बुबा,किन हामीले मरेका चराहरु नबटुलेर ति भाग्नाखोज्ने चराहरुको चिन्ता लिने?'' बाबुले बुझाउदै छोरालाई भने,''यी मरेका चराहरु त कतै पनि जान्न ,।ति हाम्रै हुन् तर ति जो बल लगाई लगाई भाग्न खोज्दै छन् ,तिनीहरुलाई पो हामीले समात्नुपर्छ तब हामि हाम्रो काममा सफल हुन्छौ। ''

शैतानले काम गर्ने पनि ठिक यसरी नै त हो। जो परमेश्वर देखि टाढा छन् र पापमा मरेका छन् ति त यसै पनि उसै पनि शैतानको सम्पती नै भैहाल्यो। तिनिहरुदेखी शैतान चिन्तित छैन तर शैतानले आफ्नो तिर उनीहरूतिर हान्छन जो परमेश्वरको विश्वासमा अघी बढ्दै छन् । कुनै न कुनै बाधा समस्या डर उत्पन्न गराएर परमेश्वर प्रतिको विश्वास भत्काएर आफुप्रति फर्काउन शैतानले भरसक्दो प्रयास गर्छ। शैतानको यस्ता धेरै कोसीसहरु मध्यको एउटा कोसीस झुटो शिक्षाद्द्वारा परमेश्वरको जनहरुलाई भड्काउने पनि हो। त्यसैले त कहिले के कहिले के ख्रिष्टियन नाम धारण गरेका झुटा शिक्षाहरु एकपछि अर्को निस्किरहेका छन् । यिनीहरु भलै नयाँ चेला बनाउछन तर यिनीहरुको मुख्य उद्देश्य भनेको ख्रीष्टमा अघी बढेका बिश्वसिहरुको विश्वास भत्काउने हो। जो व्यक्तिहरु चर्च जान्छन ,जो परमेश्वरमा भरोसा राख्छन, उनीहरुलाई खोजि खोजि तपाई जाने चर्च त झुटो हो नी , तपाईहरुले साँचो कुरा जान्नु नै भएको छैन ,साँचो कुरा त यो पो हो भनेर यिनीहरु आफ्नो झुटो शिक्षा प्रचार गर्छन।
तिनै हुलहरु मध्येको एउटा हुल परमेश्वरको श्रीमती छ भनेर विश्वास गर्ने अनी आङसानहांगलाइ ख्रीष्टको दर्जामा राख्ने र आफु जाने ठाउँलाइ परमेश्वरको मण्डली भन्ने माताबादीहरुको समूह। आनसन्हांग दोस्रो ख्रीष्ट हुन् भनेर यिनीहरु दाबी गर्छन। सायद यिनीहरु हिन्दु धर्म बाट प्रभावीत छन् क्यार, परमेश्वरको श्रीमती छ भनेर माता माता भन्दै भजन पनी गाउछन। आफ्नो कुरा सहि बनाउन बाइबलको थोरै पद लिन्छन र बाकि सबै पदहरुलाई बेवास्ता गर्छन। गजब छैन त, हाम्रो परमेश्वरले कहिले पनि नभन्नुभएको कुरा, प्रभु यशु ख्रीष्टले पनि था नपाउनु भएको कुरा, पावलले पनि नचिनेको कुरा, जसले बाइबल लेखे उनीहरुले पनि नभनेको कुरा परमेश्वरको श्रीमती छन् भनेर चै यिनीहरुले था पाको रे!!

हिब्रु शब्द ''एलोहीम'' बहुबचन भएको बताउदै माता परमेश्वर र पिता परमेश्वर हुनुहुन्छ भनेर यिनीहरु प्रमाण दिन खोज्छन, तर ''एलोहीम'' शब्द बहुबचनको संज्ञा भएता पनि यो शब्द सधै बहुबचन को रुपमा मात्र प्रयोग भएको छैन। यसको बारेमा अझ स्पष्ट बयान गणेश तामांग ज्यु ले यहाँ यसरी लेख्नुभएको छ  :-         CLICK HERE

बाइबलमार्फत परमेश्वरले उहा नै एकमात्र परमेश्वर हुनुहुन्छ भनेर बारम्बार बताउनु भएको छ। हेरौ यी पदहरु:
1) मेरो सामने तैले अरु कुनै देवता देवीहरू नमान्नु ( प्रस्थान २०:३)

2) परमप्रभु भन्नुहुन्छ,''तिमीहरु मेरा साछी र मैले चुनेका दास हौ,र तिमीहरुले मलाई चिन्न र विश्वास गर्न सक,अनि म उही हु भनि बुझ्न सक। म भन्दा अघि कोहि इश्वर नै बनिएको थिएन,नता म पछी कोहि हुनेछ। (यशैया ४३:१०)

3) तिमीहरु नडराऊ, नता थरथरी होओं। के मैले तिमीहरुलाई धेरै अघि नै घोषणा गरेर यो देखाएको होइन र? तिमीहरु मेरा साछी हौ। के म बाहेक अरु परमेश्वर छ र ? अह,कोहि चट्टान छैन,म यस्तो कसैलाई चिन्दिन (यशैया ४४:८)

4) ''मतिर फर्क,र उद्दार पाओ,हे पृथ्वीका सबै पल्लो छेउका हो,किनकी म परमेश्वर हु र अरु कोही छैन। (यशैया ४५:२२)

5) अघि-अघिका पुराना कुराहरुलाई सम्झ म परमेश्वर हु, र अरु कोहि छैन। म परमेश्वर हु, मजस्तै अरु कोहि छैन यशैया ४६:९

...र पनी परमेश्वरको श्रीमती छ भनेर यिनीहरु सिकाउछन् ।यो कुरालाई प्रमाण गर्न उत्पती १:२६-२७ पदलाई प्रयोगमा लेराउछन् अझ भएन भनेर उत्पती १ को २६ पद-'' फेरी परमेश्वरले भन्नुभयो ,मानिसलाई आपनै स्वरुपमा ,हाम्रै प्रतिरुपमा बनाउ''...लाई उत्पती १ को २७ पद....''नर र नारीनै गरि उहाले तिनलाई सृष्टि गर्नुभयो '' सँग जोडेर परमेश्वर स्त्री र पुरुष दुइजना हुनुहन्छ भनेर देखाउछन्। (उत्पती १:२६)'' फेरी परमेश्वरले भन्नुभयो,''मानिसलाई आपनै स्वरुपमा,हाम्रै प्रतिरुपमा बनाऊ....।''''हाम्रै ''भन्ने शब्दलाई लिएर यिनीहरुले दुइवटा परमेश्वर छन् भन्छन जुन सरासर गलत छ। यदि यो शब्दले परमेश्वरहरु भन्ने बुझाउथ्यो भने २७ पदमा यस्तो हुनुपर्नेथियो -''यसैकारण परमेश्वरले मानिसलाई आ-आफ्नै  स्वरुपमा सृष्टि गर्नुभयो। परमेश्वरकै स्वरुपमा उहाहरुले तिनलाई सृष्टि गर्नुभयो। नर र नारीनै गरि उहाहरुले तिनीहरुलाई सृष्टि गर्नुभयो। तर उत्पती १ को २७ पदमा यस्तो लेखिएको छ,''यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरुपमा सृष्टि गर्नुभयो। परमेश्वरकै स्वरुपमा उहाले तिनलाई सृष्टि गर्नुभयो। नर र नारीनै गरी उहाले तिनीहरुलाई सृष्टि गर्नुभयो। बास्तबमा '' हाम्रै '' भन्ने शब्दले पिता,पुत्र र पबित्र आत्मालाइ प्रतिनिधित्व गर्छ तर माताबादीहरुले यो पदलाई जानेर पनी बुझेर पनी बंगाएर बंगाएर लास्ट मा त परमेश्वरको श्रीमती पो रे !! अर्को अचम्म लाग्ने कुरा यिनीहरुले परमेश्वरको श्रीमती भन्दै जहङ गिल नामक महिलालाइ माता भनेर पुज्छन। आफुले आफुलाई परमेश्वरको श्रीमती भनेर दाबी गर्ने यी महिला कोरियामा बस्छिन र उनलाई पुज्नेहरुको तर्क चै उनि हाम्रो पापको निम्ति बलिदान दिन आएकी हुन् रे अनी उनि मर्दिनन रे तर उनका आफ्नो साचो अनुयायीहरुलाई सिधै स्वर्गमा लिएर जन्छिन रे! तर बाइबलले भन्दछ,''…. येशु ख्रीष्टको शरीरको  बलिद्द्वारा सदाको निम्ति हामी पबित्र बनाइएका छौ। हरेक पुजाहारी एकै किसिमको बलि बारम्बार चडाउदै प्रतिदिन सेवामा खडा रहन्छ,जुन बलिले कहिल्यै पाप हरण गर्न सक्दैन। तर ख्रीष्टले त पापहरुका निम्ति सदाका लागि एउडै बलिदान चढाउनुभयो,अनि उहा परमेश्वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो र उहाका शत्रुहरु उहाका पाउदान नहोउन्जेल उहा पर्खीरहनुहुन्छ। किनकी एउडै बलिद्वारा जो पबित्र तुल्याईदैछन,तिनीहरुलाई उहाले सदाको निम्ति सिद्द बनाउनुभएको छ। (हिब्रु १०:१०-१४)

यिनीहरु आङसानहंगलाइ दोश्रो ख्रीष्ट भन्छन। जो व्यक्ति उच्च रक्तचापको कारण मरेर गए र मरेपछि मरेको मरयै भए त्यो बक्ति कसरी ख्रीष्ट भयो किनभने रोमी ६ को ९ मा स्पष्ट लेखिएको छ ख्रीष्ट फेरी मर्नुहुन्न भनेर, ''हामी जान्दछौ कि ख्रीष्ट मरेकाहरूबाट जीवित भएर फेरी मर्नुहुनेछैन ।अब उसो उहामाथी मृत्युको राज्य हुदैन।‘’(रोमी ६:९ ) यसर्थ, आङसानहंगको मृत्यु १९८५ मा भएको हो तर बाइबल ले बताउछ येशु ख्रीष्ट फेरी मर्नुहुन्न। यसकारण आङसानहंग दोश्रो ख्रीष्ट होइनन। हाम्रो प्रभु येशु ख्रीष्टले मृत्युलाई पनी जित्नुभएको थियो अर्थात् उहा बौरी उठ्नुभएको थियो र अहिले परमेश्वरको दाहिने तर्फ विराजमान हुनुभएको छ। यी सबै कुरा जान्दा-जान्दै पनी  दोश्रो ख्रीष्ट आङसानहंग हुन् र मुक्ती उ बाट आउछ भनेर भन्नु मुर्खता हो। बाइबलले भन्दछ ,''अरु कसैमा मुक्ती छैन, किनकी हामीले मुक्ती पाउनलाई स्वर्गमुनि मानिसहरुमा अर्को कुनै नाउ दिएको छैन। ''( प्रेरित ४:१२)अर्कोतर्फ यिनीहरु मुक्ति पाउनको लागी निस्तार चाड अनिबार्य रुपमा मान्नुपर्छ भनेर भन्छन ,निस्तार चाड मान्नुपर्ने परमेश्वरको आज्ञा हो यसैले निस्तार चाड नमान्नेहरुले मुक्ती पाउदैनन त्यहि भएर निस्तार चाड मान्नै पर्छ भनेर यिनीहरु तर्क दिन्छन । यसरी कहिले आङसानहंग बाट मुक्ती आउछ भन्ने कहिले मुक्ती पाउन निस्तार चाड मान्नुपर्छ भन्ने यिनीहरुको तर्क देख्दा बाटो नपाएर रुमल्लिरहेका बिचराहरु झैँ  लाग्छ । निस्तार चाड मान्नुपर्ने परमेश्वरको सबैभन्दा ठुलो आज्ञा भनेर यिनीहरु भन्छन तर,''तिमीहरुको परमप्रभु परमेश्वरलाई आफ्नो सम्पूर्ण हृदयले अनि आफ्नी सम्पूर्ण मनले प्रेम गर। यो पहिलो अनि महान आज्ञा हो।'' (मत्ती २२:३७-३८) भनेर येशुले भन्नुभएको छ ।

यिनीहरुले धेरैपल्ट आफ्नो झुटो शिक्षा हामीलाई प्रचार गर्न खोजेका थिए ,जब हामीले उनीहरुको कुरा सुनेनौ अर्थात् हामी आफ्नो विश्वासमा टस को मस भएनौ ,त्यसपछि २०१२ मा पृथ्वी ध्वस्त हुन्छ अन्त  तिमीहरु हेरेको हेरे हुन्छौ भनेर डर देखाउन खोजे । यो २०११ तिरको कुरा हो। आहिले २०१२ साल मा त संसार ध्वस्त हुन्छ भनेर कहाँ हामीले भनेका हौ र त्यो त वैज्ञानिकले पो भनेको हो त रे। आनसहनहोङले ख्रीष्टको आगमन सन् १९६७ र सन् १९८८ मा हुन्छ भनेर झुटो भबीष्यबाणी गरेका थिए। त्यतीले नपुगेर अझ २०१२ मा संसार ध्वस्त हुन्छ भन्दै अरुलाई डर देखाउदै हिड्नु भनेको आफुले आफुलाई शैतानको दुत हु भनेर परिचय दिनु हो। वैज्ञानिकले  भनेको कुरालाई माताले भनेको भनेर भन्नु अनि फेरी मातले भनेको होइन तर वैज्ञानिकले भनेको हो भनेर झुटो बोल्नु नै झुटा साबित हुनु हो र जुन कुरा झुटा छन् त्यो कहिले पनी सहि हुदैन।