हाम्रो बिश्वास माथि ठाडै प्रहार हुदै गर्दा हामीसंग दुइ ओटा मात्रै विकल्प छन जस्तो लाग्छ; कि त हामीले तिनीहरुलाई स्वीकार गर्नुपर्यो, होइन भने बिरोध गर्नुपर्यो होइन र ? त्यसै उद्देश्यका साथ यो ब्लगको सुरुवात गरेको हुँ,जसरि याकुब ४:७ मा लेखिएको छ:- दियाबलसको बिरोध गर र त्यो तिमीहरूबाट भाग्नेछ ।......................जसरि इस्राएलिहरुका माझमा झुटा अगमबक्ताहरु पनि थिए, त्यसरी तिमीहरुका माझमा झुटा शिक्षकहरु खडा हुनेछन । यिनीहरुले गुप्त रुपले विनासकारी झुटा शिक्षाहरु ल्याउनेछन,यहाँसम्म कि तिनीहरुलाई उद्दार गर्नुहुने स्वामीलाई समेत तिनीहरुले इन्कार गर्नेछन र आफैंमाथि चाडैं बिनाश ल्याउनेछन । र धेरै जनाले तिनीहरुको विलासी आचरणको अनुसरण गर्नेछन र तिनीहरुको कारण सत्यको मार्गको बदनामी हुनेछ । २ पत्रुस २:१,२

मातावादीहरुलाई खुल्ला पत्र :-१

मैले थाहा पाए अनुसार कोरियामा म ख्रीष्ट हुँ भन्ने हरु आङ सान होंग मात्रै होइन, अरु पनि धेरै रहेछन, अन्तको दिनमा धेरै जना म नै ख्रीष्ट हुँ भन्दै आउनेछन् भनेर बाइबल मा लेखिएको , तपाईं जे बिश्वास गर्नुहुन्छ नि, त्यो पनि धेरै झुटा शिक्षा मध्येको एक हो, यसमा तपाईंको केहि दोष छैन भन्ने कुरा मलाइ राम्ररि थाहा छ, तपाईंको सियोनले तपाईंलाइ पढाएका केहि पाठहरुको आधारमा तपाईंको बिश्वास अडिएको छ, हेर्नुस आज म यहाँ केहि प्रमाण हरु पेश गर्ने अनुमति चाहन्छु जसमा मातावादी अर्थात चर्च अफ गड चुकेको छ, 
१) तपाईं क्रिसमस मानु हुन्न र क्रिसमस मान्ने हरुलाई ठाडै सोध्नुहुन्छ कि क्रिसमस मान्नु भनेर कहाँ लेखेको छ भनेर, आज म तपाईंलाइ पनि सोध्छु आङ सान होंग को जन्मदिन मनाओ भनेर चाहिं बाइबलको कुन खण्डमा लेखेको छ? मैले थाहा पाए अनुसार त तपाईंहरुले आङ सान होंगको जन्मदिन विभिन्न कार्यक्रम हरु गरेर अन्तरास्ट्रिय रुपमा नै मनाउदै आउनुभएको छ 
२) तपाईं मण्डलीहरुमा राखिएको क्रुस चिन्हको बिरोध गर्नुहुन्छ , तर तपाईंको बसुन्धरा चर्चको गेष्ट रुमको भित्तामा चाहिं एक जना कोरियन महिलाको (जहन गिल ) फोटो निसंकोच टास्नुभएको छ, त्यहि महिला जसले आफ्नो विवाहित श्रीमान् संग सम्बन्ध बिच्छेद गरेको थिइन् , 
३) रोमी ६:९ पढ्नुस :- त्यहाँ स्पष्ट लेखिएको छ कि येशुको दोश्रो आगमनमा उहाँ मर्नु हुने छैन भनेर, तर तपाईंले मान्नु हुने ख्रीष्ट आङ सान होंगको त १९८५ मा रक्तचापको समस्याको कारणले अस्पतालमा मृत्यू भएको हो नि होइन र? 
४) प्रेरित १:११ पढ्नुस :- तिनीहरु (स्वर्गदुत ) हरुले भने :- गालीलका मानिस हो, तिमीहरु किन आकाशतिर हेर्दै उभिरहेका छौ ? यहि येशू , जो तिमीहरूबाट स्वर्गमा लगिनुभयो, अहिले जसरि तिमीहरुले उहाँलाई स्वर्गमा जानु भएको देख्यौ, त्यसरी नै उहाँ फेरी आउनु हुनेछ. 
बाइबलले स्पष्ट बताएको छ कि येशू फेरी आउनुहुदा एउटा बालकको रूपमा जन्मिएर आउनु हुनेछैन, तर आकासबाट बादलमा आउनुहुनेछ, तर आङ सान होंग त एउटा सामान्य बुद्दिस्ट परिवारमा जन्मिएका थिए नि होइन र? 


अन्य दर्जनौं पद हरु छन्, जसले प्रमाणित गर्दछ कि मातावादीहरु झुटा हुन, ति सबै यहाँ लेख्नलाइ अहिले मलाइ समय छैन, तर बिश्वास गर्नुस म कुनै दिन अवस्य सबै लेख्नेछु. 

तपाईंले सोध्नु भएका प्रश्नको उत्तर सबै म संग छ, तिनीहरुको जवाफ पनि दिनेछु
मित्र, तपाईंलाइ सच्चाई नै धोका भएको छ, म कर गर्दिन तपाईंलाइ तर एउटा सल्लाह दिन्छु, तपाईंलाइ सियोन ले सिकाएको कुरा आँखा चिम्लेर बिश्वास नगर्नुस, छान्नुस र पत्ता लगाउनुस के सत्य हो र के झुटा हो.