हाम्रो बिश्वास माथि ठाडै प्रहार हुदै गर्दा हामीसंग दुइ ओटा मात्रै विकल्प छन जस्तो लाग्छ; कि त हामीले तिनीहरुलाई स्वीकार गर्नुपर्यो, होइन भने बिरोध गर्नुपर्यो होइन र ? त्यसै उद्देश्यका साथ यो ब्लगको सुरुवात गरेको हुँ,जसरि याकुब ४:७ मा लेखिएको छ:- दियाबलसको बिरोध गर र त्यो तिमीहरूबाट भाग्नेछ ।......................जसरि इस्राएलिहरुका माझमा झुटा अगमबक्ताहरु पनि थिए, त्यसरी तिमीहरुका माझमा झुटा शिक्षकहरु खडा हुनेछन । यिनीहरुले गुप्त रुपले विनासकारी झुटा शिक्षाहरु ल्याउनेछन,यहाँसम्म कि तिनीहरुलाई उद्दार गर्नुहुने स्वामीलाई समेत तिनीहरुले इन्कार गर्नेछन र आफैंमाथि चाडैं बिनाश ल्याउनेछन । र धेरै जनाले तिनीहरुको विलासी आचरणको अनुसरण गर्नेछन र तिनीहरुको कारण सत्यको मार्गको बदनामी हुनेछ । २ पत्रुस २:१,२
यस अर्थमा आङ सान होंग ख्रीष्ट हुन सक्दैनन् 

 यस लेखमा संसारका विभिन्न देशहरूका साथसाथै नेपालमा पनि विस्तारै विस्तारै फैलँदै गरेको झुटा शिक्षा  “वर्ल्ड मिसन सोसाइटी चर्च अफ गड” अर्थात् माता परमेश्वर मान्नेहरूको वारेमा छोटो विवरण प्रस्तुत गर्ने जमर्को गरेका छौं । सुरुमा हामी त्यस समुहको सामान्य परिचय तर्फ लाग्नेछौं । 

उनीहरू सन् १९१८ मा कोरियाको एक बुद्धिष्ट परिवारमा जन्मेर ३० बर्षको उमेरमा अर्थात् सन् १९४८ मा सेभेन्थ डे एडभेन्टिष्ट चर्चमा बप्तिस्मा लिएका एक जना कोरियन नागरिक आङ सान होंगलाई नै दोस्रोपटक आउनुभएका ख्रीष्ट भनेर मान्छन् । त्यस्तै उनकी अवैधानिक श्रीमती झाङ्ग गिल जाहलाई माता परमेश्वर भनेर मान्छन्, जबकी झाङ्ग पहिले अर्कै पुरुषसँग विवाह गरी विवाहबिच्छेद गरेर आङ सान होंगसँग अर्को विवाह गरेकी महिला हुन् । उनीहरू आफ्नो चर्चलाई सियोन भन्छन् अनि प्रार्थना गर्दा प्रार्थनाको अन्त्यमा स्वर्गीय पिता आङ सान होंगको नाममा आमेन भन्छन् । उनीहरूले पिता–यहोवे, पुत्र–येशू अनि पवित्र आत्मा भनिएका आङ सान होंगको नाममा बप्तिस्मा दिन्छन् । उनीहरू क्रिसमस मान्नुहुदैन भन्छन् तर आङ सान होंगको जन्मदिन चाँहि धुमधामका साथ मनाँउछन् । मण्डलीमा क्रुस राख्नु हुँदैन, यो मुतिर्पुजा हो भनेर घमण्ड गर्छन् तर आफ्नो सियोनको भित्तामा माता परमेश्वर भनिएकी महिला झाङ्ग गिल जाहको फोटो झुण्ड्याँउछन् । हामीलाई थाहा भए अनुसार उनीहरुले अहिलेसम्म ३ पटक सन् १९६७, १९८८ र २०१२ मा संसारको अन्त हुने झुटो भविष्यवाणी गरेका छन् । 
बाइबलीय सत्य शिक्षा के हो ? 


के मुक्तिदाता कोरियाबाट आउनुहुन्छ र ? त्यो पनि चस्मा लगाएर अनि मुक्तिदाता येशू ख्रीष्ट जसले रोगीहरूलाई र निको पार्नुभयो, आँखा नभएकाहरूलाई आँखाको ज्योति दिनुभयो तर सबैलाई थाहा होस् कि आङ्ग साङ्ग ह्वाङ्ग स्वयम्को आँखा कमजोर भई, चश्मा लगाउनु परेको थियो । याद होस् उनको तालु पनि खुलिएको थियो । उनको मृत्यु उच्च रक्तचापको कारणले भएको थियो । अरूलाई मुक्ति दिन सक्नेले आफ्नो शारिरीक रोगहरूबाट मुक्ति पाउन सकेनन् । बाइबल धर्मशास्त्रले यसरी भन्छ अब्राहाम , इशाहक, याकूब वा इस्राएलको १२ कुल मध्ये यहुदाको कुलबाट येशू ख्रीष्ट आउनुहुन्छ । मुक्तिदाता यहुदीबाटै आउनुपर्छ, जुन कुरा यशैया अगमवक्ताले येशू जन्मनु भन्दा करिब सात सय वर्ष अगाडि नै भविष्यवाणी गरेका थिए । हेर कन्या गर्भवती हुनेछ र त्यसले एउटा छोरो जन्माउनेछ र उनको नाउँ इम्मानुएल राखिनेछ । यशैया ६:१४, मीका ५:२, गलाती ४:४ येशू समयको पूर्णतामा यस संसारमा आउनुभयो । तर आङ्ग साङ्ग ह्वाङ्गको जन्मको विषयमा कहाँ र कसले भविष्यवाणी गरेको छ ? के आङ्ग साङ्ग ह्वाङ्ग यहुदी हुन् ? के आङ्ग साङ्ग ह्वाङ्गका पिता पूर्खा यहुदी हुन् ?
जहन गिल जाहका विवाहित पति "जए हून किम "  ले लेखेको आत्मकथा

सन् १९६६ मा मेरो बिवाह जहन (जहन गिल जाह ) संग भएको थियो । त्यसपछि हामीहरुका २ जना सन्तान भए । हामीहरुको बिवाहपछिका दिनहरुमा हामीहरु चर्च जान सुरु गर्यौं । एकजना "रोए" (ROE) थर भएका क्रिश्चियन व्यक्तिले हामीलाई पुसानमा रहेको एउटा चर्चमा लगे (New Covenent Passover Church of God); जुन चर्चको सुरुवातकर्ता आङ सान होंग आफैं नै थिए ।
यो चर्चको सदस्य बनेपछि हामीहरु निकै नै सक्रिय हुन थाल्यौं; हामीहरु समर्पित सदस्य हुनुको साथ् साथै मिसिनिरी र प्रचारक भएर पनि काम गर्यौं ।
त्यसपछि म कामको सिलसिलामा देस बाहिर जाने गर्न थालें; त्यसको केहि समय पछि मेरी श्रीमती अर्थात् जहनमा निकै नै परिवर्तन आएको अनुभव गर्न थालें । उनको बानि ब्यबहारमा अनेक फेरबदल आएको थियो। उनले आङ सान होंग र उनको मण्डलीलाई दिन भनेर हामीहरुले बनाएको घर पनि बेचिन (जुन घर मैले बिदेसमा धेरै  काम गरेर बनाएको थिएँ) । त्यति मात्रै नभएर हामीसंग भएका अन्य सबै महंगा चिजहरु  पनि दिइन ।
सबैले चिन्नै पर्ने झुटा शिक्षा- यहोवाका शाक्षीहरु

नोट:- यो वर्ल्ड मिसन सोसाइटी (मातावादी )अन्तर्गतको सम्प्रदाय होइन; यो छुट्टै झुटा शिक्षा हो; यो शिक्षाले पनि साचो क्रिश्चियन मण्डली र मण्डलीका सदस्यहरुलाई दुख दिने गरेकोले यहाँ पोष्ट गरेको छु.., कृपया मातावादीहरुको बिषयमा पढ्नको लागि अरु पोष्ट हरु हेर्नुहोला   

"यहोवाका साक्षीहरू" (Jehovah's Witnesses) नाम गरेको समूहका मानिसहरू भन्छन्, येशू ख्रीष्ट परमेश्वर होइनन्। तिनीहरूको शिक्षाअनुसार, येशू त यहोवा परमेश्वरद्वारा सृजित केवल एक सृष्टि मात्र हुन्। उक्त शिक्षामा बसालिएकाहरूको दृष्टिकोणमा यहोवा नाउँ परमेश्वरको सबैभन्दा पवित्र नाउँ हो। यो नाउँ एकमात्र साँचो परमेश्वरको सम्बन्धमा मात्र प्रयोग गरिन उचित छ भन्ने उनीहरूको मान्यता भए तापनि उनीहरू येशूको ईश्वरत्वलाई इन्कार गर्ने भएका हुनाले, यो ईश्वरीय नाउँ यहोवा कहिल्यै पनि येशूलाई जनाउन प्रयोग गरिएको छैन भन्ने उनीहरूको जोडदार दाबी रहेको छ। प्रभु येशूलाई यहोवा भन्नु त उनीहरूलाई असोचनीय हुन्छ किनकि उक्त नाउँ केवल परमेश्वरलाई मात्र प्रयोग गरिनुपर्छ (तर येशू परमेश्वर हुनुहुन्छ भनी उनीहरू विश्वास गर्दैनन्)।

मातावादीहरुलाई खुल्ला पत्र : २ 

तपाईंहरुको तर्क गर्ने शैली पनि गज्जव कै हुन्छ है, नेपालिमा एउटा भनाइ छ नि, ढाटेको कुरा काटे पनि मिल्दैन भनेर.. त्यो ठ्याक्कै तपाईंहरुमा लागु हुन्छ, करिव करिव १५ महिना अगाडी पोखरामा चर्च अफ गडका केहि मित्रहरुसंग मेरो भेट भएको थियो, उनीहरु निसंकोच भन्दै थिए कि यो संसार को अन्त २०१२ मा हुदैंछ, त्यसकारण त्यो समयभन्दा पहिले नै तपाईं हरु हाम्रो सियोनमा आउनुपर्छ, अन्यथा तपाईंहरुको भयानक बिनाश हुनेछ,
तर आजभोलि जव समय आयो नि... तब तपाईंहरु भन्नुहुन्छ कि २०१२ मा संसार अन्त हुन्छ भन्ने कुरा हामीले कहिल्यै भनेका छैनौं, अब साच्चैं भन्नुस तपाईंहरुलाई झुटा शिक्षा नभनेर कसलाई भन्ने? अहिले घर घरमा हल्ला छ, २०१२ मा पृथ्वी ध्वस्त हुन्छ भन्ने हल्ला क्रिश्चियनहरुले गरेका हुन् भनेर... त्यसको जिम्मेवारी कसले लिने ? तपाईंहरुको त्यहि अदुरदर्शिताले गर्दा अहिले सारा क्रिश्चियनहरुमाथि झुटो भविष्यवानि गरेको दोष आइराखेको छ. अब यहाँ हेर्नुस तपाईंहरुले कसरि पृथ्वीको अन्त्य २०१२ मा हुन्छ भनेर हिसाव निकाल्नु भएको थियो...

झुटो शिक्षाद्द्वारा आएको झुटो ख्रीष्ट आङसानहांग

प्रिय हो ,जुनसुकै आत्मालाई विश्वास नगर,तर आत्माहरु परमेश्वोरबाट आएका हुन् कि होइनन भनेर तिनको जाच गर किनभने धेरै झुटो आगमबक्ताहरु यस संसारमा निस्कीआएका छन्।( १ यहुन्ना ४:१)

मैले एउटा कथा पढेको थिए ,जसमा शिकारी बाबु र उसको छोरा शिकार खेल्न जंगलतिर गए। जब उनीहरु जंगलमा पुगे त्यहा थुप्रै चराहरु बसेको एउटा ठाउँ उनीहरुले भेटाए र बाबु चाहिले चराहरु भएको ठाउमा ताकेर बन्दुक पड्कायो अनि कतिपय चराहरु मरे तर केहि घाइते भए र भुईमा छटपटाउदै उड्ने प्रयास गरिरहेका थिए ।ति शिकारीले आफ्नो छोरालाई पहिले घाइते चराहरु अनि मात्रै मरेका चराहरु बटुल्न भने ।त्यस जवान छोराले आफ्नो बाबुलाई मरेको चराहरु नबटुली नमरेक चराहरु बटुल्न लगाएकोमा मुर्ख ठाने र उनले आफ्नो बाबुलाई सोधे ,''बुबा,किन हामीले मरेका चराहरु नबटुलेर ति भाग्नाखोज्ने चराहरुको चिन्ता लिने?'' बाबुले बुझाउदै छोरालाई भने,''यी मरेका चराहरु त कतै पनि जान्न ,।ति हाम्रै हुन् तर ति जो बल लगाई लगाई भाग्न खोज्दै छन् ,तिनीहरुलाई पो हामीले समात्नुपर्छ तब हामि हाम्रो काममा सफल हुन्छौ। ''

निस्तार-चाड होइन, प्रभु-भोज

"अनि अखमीरी रोटीका दिनहरूपछि हामीले फिलिप्पीबाट जहाज-यात्रा गर्‍यौं, र पाँच दिनमा उनीहरूकहाँ, ट्रोआसमा आइपुग्यौं, जहाँ हामी सात दिनसम्म बस्यौं। अनि हप्‍ताको पहिलो दिनमा जब चेलाहरू रोटी भाँच्नाका निम्ति भेला भए, तब पावलले, जो भोलिपल्टै हिँड्नाका निम्ति तयार थिए, उनीहरूलाई वचन सुनाए, र मध्यरातसम्म वचन दिरहे" (प्रेरित २०:६-७)।

पवित्र शास्त्रको उपर्युक्त खण्डबाट हामी यो बुझ्दछौं कि पावल प्रेरित ट्रोआसमा आइपुग्दा अखमीरी रोटीका दिनहरू पूरा भएको कम्तीमा ५ दिन भइसकेको थियो। त्यसैले निस्तार-चाडको दिन पूरा भएको कम्तीमा १२ दिन भइसकेको थियो, किनकि वर्षको एक पटक मानिने निस्तार-चाडको लगत्तै पछि अखमिरी रोटीको एक हप्‍ताको चाड हुन्छ (प्रस्थान १२:६-१४ लाई प्रस्थान १२:१८ सित तुलना गर्नुहोस्; लेवी २३:५-६ पढ्नुहोस्)।